दीपेन्द्रसिंह ऐरीको स्थान खस्कियो, तेस्रोमा झरे
२०८२ भदौ १८ गते

काठमाडौं । आइसिसी (अन्तर्राष्ट्रिय क्रिकेट परिषद) ले बुधबार सार्वजनिक गरेको नयाँ टी–२० अन्तर्राष्ट्रिय वरियतामा नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीको स्थान खस्किएको छ ।
यसअघि दोस्रो स्थानमा रहेका ऐरी एक स्थान तल झर्दै तेस्रो स्थानमा पुगेका हुन् । उनको स्थानमा अफगानिस्तानका अनुभवी खेलाडी मोहम्मद नाबी दोस्रो स्थान कब्जा गरेका छन् ।
वरियताको शीर्ष स्थानमा भने भारतका स्टार अलराउन्डर हार्दिक पान्ड्या यथावत छन् । टी–२० फम्र्याटमा नेपालका लागि निरन्तर प्रभावशाली प्रदर्शन गर्दै आएका ऐरी पछिल्ला केही खेलमा भने अपेक्षित प्रदर्शन गर्न चुकेका थिए । यसले उनको वरियतामा असर परेको हो ।
आइसिसीले हरेक महिना खेलाडीको प्रदर्शन मूल्यांकन गरी नयाँ वरियताक्रम सार्वजनिक गर्दै आएको छ।
२०८२ भदौ १८ गते
प्रतिक्रिया
सम्बन्धित








