वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध केही पनि गर्न सक्दैन : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध केही पनि गर्न नसक्ने बताएका छन् ।

भ्रष्ट र दलालहरुले काँग्रेस–एमाले गठबन्धन बनाएको आरोप लगाउँदै उनले वर्तमान सरकारले भ्रष्टाचार, बेथिति र अराकजताविरुद्ध केही पनि गर्न नसक्ने बताए ।

दलाल, विचौलियाहरुले आफू अनुकूल काम गराउन वर्तमान सरकार बनाइएको अध्यक्ष दाहालको जिकिर थियो ।

बुधवार काठमाडौंमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले सरकार भ्रष्टहरुले बनाएकाले मुलुकमा राम्रो काम गर्ने उपसभामुख इन्दिरा राना, कूलमान घिसिङहरुलाई सरकारले हटाउने काम गरिरहेको दाबी गरे ।

उनले आफूले भ्रष्टाचारको विरुद्ध अभियान चलाउँदा सरकारबाट हट्नुपरेको पनि दोहोर्‍याए ।

अध्यक्ष दाहालले मुलुकलाई सही बाटोमा अघि बढाउन प्रत्यक्ष निर्वाचन कार्यकारी राष्ट्रपतीय प्रणाली र समानुपातिक निर्वाचन प्रणाली जरुरी रहेको समेत बताए । उनले संविधानमाथि घात हुने खतरा अझै नटरेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =