शाओमीका दुई नयाँ स्मार्टफोन रेडमी १५ र १५C नेपाली बजारमा, सुरुवाती मूल्य १४,९९९ रुपैयाँ

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी शाओमीले दुई नयाँ स्मार्टफोन रेडमी १५ र रेडमी १५C नेपाली बजारमा सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार यी मोडलहरू अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र शक्तिशाली प्रदर्शनसहित सार्वजनिक गरिएको हो ।

रेडमी १५ : ठूलो ब्याट्री र प्रिमियम डिजाइन

उच्च प्रदर्शन र ब्याट्री टिकाउपनामा केन्द्रित रेडमी १५ मा ७००० mAh क्षमताको ब्याट्री रहेको छ, जसले दुई दिनसम्म टिक्न सक्ने दाबी गरिएको छ । साथै, ३३W फास्ट चार्जिङ र १८W रिभर्स चार्जिङ सुविधाले छोटो समयमा चार्ज हुनसक्ने र आपतकालमा पावर बैंकको विकल्पका रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

यसमा ६.९ इन्चको FHD+ डिस्प्ले, १४४Hz रिफ्रेस रेट, TÜV Rheinland ट्रिपल आई-केयर, र IP64 डस्ट एण्ड स्प्ल्यास रेसिस्टेन्स जस्ता सुविधा छन् ।

फोटोग्राफीका लागि ५०MP एआई डुअल क्यामेरा, ८MP फ्रन्ट क्यामेरा, तथा Snapdragon 685 चिपसेट जडान गरिएको छ। साथै, HyperOS 2, Google Gemini, र २TB सम्मको एक्सप्यान्डेबल स्टोरेज सुविधा पनि छ ।

रेडमी १५C : स्लिम डिजाइन र स्मार्ट फिचर

रेडमी १५C मा पनि लामो समय टिक्ने ६०००mAh ब्याट्री, ३३W फास्ट चार्जिङ, र १०W रिभर्स चार्जिङ सुविधा छ । ७.९९mm स्लिम डिजाइन भएको यो फोनमा ६.९ इन्चको HD+ डिस्प्ले र १२०Hz रिफ्रेस रेट रहेको छ ।

यसमा MediaTek Helio G81-Ultra प्रोसेसर, ५०MP डुअल क्यामेरा, ८MP फ्रन्ट क्यामेरा, तथा १TB सम्मको स्टोरेज रहेको छ ।  साथै, HyperOS 2, Google Gemini र Circle to Search जस्ता एआई फिचरहरू पनि उपलब्ध छन् ।

रंग र भेरियन्ट

  • रेडमी १५: Sandy Purple, Titan Gray, Midnight Black

  • रेडमी १५C: Midnight Black, Moonlight Blue, Mint Green

मूल्य विवरण:

 रेडमी १५

  • 6GB + 128GB: रु. १८,९९९

  • 8GB + 256GB: रु. २१,९९९

 रेडमी १५C

  • 4GB + 128GB: रु. १४,९९९

  • 6GB + 128GB: रु. १६,४९९

  • 8GB + 256GB: रु. १८,९९९

शाओमी नेपालले यी दुवै फोनले नेपाली उपभोक्तालाई उत्कृष्ट ब्याट्री लाइफ, सशक्त प्रदर्शन र अत्याधुनिक सुविधा दिने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =