इन्भेष्टमेण्ट मेगा बैंक र मेडिकल एशोसिएसनबीच सम्झौता, सदस्यहरूलाई विशेष बैंकिङ सेवा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल मेडिकल एसोसिएसन (NMA) बीच विस्तारित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यसहित व्यावसायिक सम्झौता भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र एनएमएका अध्यक्ष डा. अनिल विक्रम कार्कीले बुधबार एक औपचारिक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात एनएमएका सदस्यहरूका लागि बैंकले विशेष छुटसहितको बैंकिङ सेवा प्रदान गर्नेछ ।
सम्झौताअनुसार, एसोसिएसनका सदस्यहरूलाई लक्षित गरी देशभर रहेका २७५ शाखामार्फत https://www.nimb.com.np/personal-banking/branches ‘प्रोफेशनल बचत खाता’ खोल्न सकिनेछ । उक्त खातासँगै १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पनि उपलब्ध हुनेछ ।
त्यसैगरी सदस्यहरूले साना तथा मझौला कर्जा, व्यवसायिक कर्जा, क्लिन सोसल कर्जा, व्यक्तिगत कर्जा, सवारी तथा आवास कर्जा, डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ लगायतका सेवामा विशेष छुट पाउने व्यवस्था गरिएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले यो सहकार्यबाट चिकित्सक समुदाय प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गर्दै, बैंकले भविष्यमा पनि स्वास्थ्य क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले आफ्नो डिजिटल सेवा विस्तार गर्दै विभिन्न पेशागत समूहसँग सहकार्यमार्फत लक्षित सेवा विस्तार गर्दै आएको छ ।








