काठमाडौंको पुतलीसडकमा माइक्रोको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौं । पुतलीसडकमा बुधबार भएको सडक दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ । पद्मोदय मोडबाट पुतलीसडकतर्फ गइरहेको माइक्रो बसले पैदल हिँडिरहेका बेला बालिकालाई ठक्कर दिएको हो ।

माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिका आशिका तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट ती बालिकालाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । थप विवरण आउन बाँकी छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =