नेपाल र वेस्ट इन्डिजबीचको टी–२० सिरिजको मिति हेरफेर

काठमाडौं । युएईमा आयोजना हुने नेपाल र वेस्ट इन्डिज ’ए’ बीचको टी–२० अन्तर्राष्ट्रिय सिरिजको मिति परिवर्तन गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार, एसिया कपको फाइनल म्याचसँग तालिका नजुधोस् भन्ने उद्देश्यले खेल तालिकामा फेरबदल गरिएको हो ।

पहिला तय गरिएको तालिका अनुसार खेलहरू सेप्टेम्बर २७, २८ र ३० मा हुनुपर्ने थियो । तर अब संशोधित तालिका अनुसार सिरिजका खेलहरू सेप्टेम्बर २७, २९ र ३० मा सम्पन्न हुनेछन् ।

एसिया कपको फाइनल खेल सेप्टेम्बर २८ मा हुने तय भएकाले सोही दिन नेपाल–वेस्ट इन्डिज खेल नपरोस् भनेर तालिका मिलाइएको क्यानले जनाएको छ ।

नेपाल र वेस्ट इन्डिज ’ए’ को यो सिरिज नेपाली क्रिकेटको तयारी र अनुभव वृद्धिका लागि महत्वपूर्ण मानिएको छ । सिरिज युएईमा आयोजना हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 7 =