एनएमबि बैंकद्वारा अमर जैन विद्यालयमा स्कुल ब्याग र वाटर डिस्पेन्सर हस्तान्तरण

काठमाडों । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सर्लाहीको लालबन्दी–५ स्थित श्री अमर जैन विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्कुल ब्याग र वाटर डिस्पेन्सर प्रदान गरेको छ ।

विद्यालय परिसरमै आयोजित कार्यक्रममा बैंकले शिक्षा क्षेत्रमा सहयोग पु¥याउने आफ्नो प्रतिबद्धता अनुसार विद्यार्थीहरूको शैक्षिक उन्नयनमा टेवा पुर्‍याउने उद्देश्यले यो पहल गरेको जनाएको छ । बैंकले शिक्षालाई दिगो विकासको आधारशिला मानेर यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको छ ।

कार्यक्रममा लालबन्दी वडा नं. ५ का वडाध्यक्ष रामप्रसाद ढुंगेल प्रमुख अतिथि थिए । उनले बैंकको सामाजिक उत्तरदायित्वप्रतिको सक्रियता प्रशंसनीय रहेको बताउँदै यस्ता कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने धारणा राखे ।

बैंकको तर्फबाट मधेश प्रदेश प्रमुख दीपेन्द्र कुमार मिश्र र लालबन्दी शाखा प्रमुख अरुण आचार्य विशेष उपस्थितिमा रहे । उनीहरूले एनएमबि बैंकले भविष्यमा पनि यस्तै सामाजिक र समुदायमुखी काममा निरन्तर संलग्न हुने प्रतिबद्धता जनाए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा स्थानिय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले बैंकको यो सकारात्मक पहलको खुलेर प्रशंसा गरेका छन् ।

एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा विस्तार गरिरहेको छ । सामाजिक उत्तरदायित्वलाई व्यवसायसँगै अघि बढाउने नीति अनुरूप बैंकले आगामी दिनमा पनि यस्तै रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने वाचा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 1 =