संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेश

काठमाडौं । प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संघीय निजामति सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेश भएको छ ।

मंगलवारको सभाको बैठकमा विधायन व्यवस्थापन समिति सभापति तुलसाकुमारी दाहालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संघीय निजामति सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभामा पेश गरे ।

प्रतिवेदन पेश गर्दै उनले निजामति सेवाका कर्मचारीले आफ्नो कामप्रति निष्ठावान र प्रतिबद्ध बनाउँदै नीति निर्माण एवं कार्यान्वयनमा स्वार्थको द्वन्द्व नहोस् भनी अवकाश भएको मितिले दुई वर्षसम्म अन्यत्र सेवा गर्न कुनै नियुक्ति नगर्ने गरी प्रबन्ध गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 1 =