नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्सद्वारा सम्मानित

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ‘इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२५’ मा उत्कृष्ट प्रदर्शन गर्दै तीन प्रतिष्ठित विधामा पुरस्कार हात पारेको छ ।

इण्डियन च्याम्बर अफ कमर्शद्वारा आयोजित कार्यक्रममा बैंकले Best Performance on Risk Management, Best BankBest Performance on Assets Quality तर्फबाट सम्मान प्राप्त गरेको हो ।

भारतको नयाँ दिल्लीमा आयोजित उक्त समारोहमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले पुरस्कार ग्रहण गरेका थिए ।

इण्डियन च्याम्बर अफ कमर्शले हरेक वर्ष एशियाली बैंक तथा वित्तीय संस्थाको कार्यदक्षता, जोखिम व्यवस्थापन, सम्पत्ति गुणस्तर र समग्र संचालन मूल्यांकन गर्दै उत्कृष्ट संस्थालाई पुरस्कृत गर्दै आएको छ । यस वर्ष नेपाल एसबिआई बैंकको जोखिम व्यवस्थापनमा उत्कृष्ट अभ्यास, सञ्चालनमा पारदर्शिता र सम्पत्तिको गुणस्तर कायम गर्ने प्रतिबद्धतालाई विशेष मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको बताइएको छ ।

नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि नेपालको वित्तीय क्षेत्रमा सेवा पुर्‍याउँदै आएको छ। हाल बैंकका १०१ शाखा, २२ एक्सटेन्सन काउन्टर, २० शाखारहित बैंकिङ सेवा केन्द्र, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

बैंकले प्राप्त गरेको यस सम्मानले संस्थाको सेवा, सुशासन र दीर्घकालीन रणनीतिक कार्यन्वयनमा थप विश्वास जगाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =