श्रम सम्झौता भएका सबै मुलुकमा हुलाक सम्झौता गर्नुपर्छ : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले श्रम सम्झौता भएका सबै मुलुकहरुसँग रूपमा हुलाक सेवासम्बन्धी सम्झौता गर्नुपर्ने बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको हुलाकप्रतिको विश्वास र प्रभावकारिता बढाउन श्रम सम्झौता भएका मुलुकहरुसँग हुलाक सम्झौता गर्नुपर्ने अपरिहार्य आवश्यकता रहेको बताएका हुन् ।

नेपाली नागरिक बसोवास गर्ने देशहरुमा समेत हुलाक सेवा विस्तार गर्नुपर्ने उनको भनाइ छ । उनले नेपाली नागरिक भएका सबै देशहरुमा हुलाक सेवा विस्तार भए मात्र संस्थाप्रतिको विश्वास र प्रभावकारिता बढ्ने बताए ।

उनले भने– ‘नेपालसँग श्रम सम्झौता भएका सबै देशहरुमा अनिवार्य रुपमा हुलाकको प्रबन्ध हुनुपर्यो । जहाँ जहाँ नेपाली डायस्पोरा छ । ति ति देशहरुमा अनिवार्य रुपमा हुलाकको प्रबन्ध हुनुपर्यो । यति गर्न सकियो भने मात्र यो हुलाकको काम हुन्छ । त्यसो गर्न सकियो भने मात्र हुलाकप्रतिको विश्वास र प्रभावकारिता पनि बढेर जान्छ । अर्को कुरा नेपाली नागरिक बसोबास गरेका सम्पूर्ण देशहरुसँग पनि हुलाक सम्झौता गर्नुप¥यो । यति काम गर्न सकियो भने हामीले हुलाकलाई राम्रो संस्थाको रुपमा विकास गर्नसक्छौं ।’

उनले हुलाक सेवा विभागले तिर्नुपर्ने बाँकी वक्यौताको लागि अर्थ मन्त्रालयसँग आवश्यक पहल गर्ने आश्वासन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 6 =