नेपालले जित्यो आसामविरुद्धको टी-२० सिरिज

काठमाडौं । नेपालको ‘ए’ टिमले भारतको आसामविरुद्धको ५ खेलको टी२० सिरिज जितेको छ ।

आज भएको अन्तिम खेलमा नेपालले आसामलाई पराजित गरेको हो । नेपालले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको आसामले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ६४ रन मात्रै जोड्न सक्यो ।

यससँगै नपालले यो सिरिज ३–२ ले जित्यो । नेपालले ५ मध्ये तीन खेलमा शानदार जित निकाल्यो ।

यसअघि दुवै टोलीले अघिल्लो दुई दुई खेलमा जित निकालेका थिए । पहिलो खेलमा आसामले नेपाललाई डीएलएस पद्धतिबाट १५ रनले पराजित गरेको थियो ।

नेपालले दोस्रो खेलमा ९६ र तेस्रो खेलमा ९ रनले विजयी भएको थियो । चौथो खेलमा आसाम १८ रनले विजयी भएको थियो ।

नेपालको ‘ए’ टिमले भारतको आसाम टिमसँग ५ खेलको टी–२० सिरिज खेलेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + nineteen =