भिजिट भिसामार्फत करिब ४० हजार नेपाली महिला कुवेतमा बेचिए, सरकारको जवाफ चाहियो : सांसद विष्ट

काठमाडौँ । राष्ट्रिय सभा सदस्य नरबहादुर विष्टले भिजिट भिसामार्फत करिब ४० हजार नेपाली महिला कुवेतमा लगेर बेचिएको खबर आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भिजिट भिसामार्फत कुवेत लगेर झन्डै ४० हजार महिला बेचिएकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले भिजिट भिसामा अध्यागमन विभागको कर्मचारीलाई एक लाख बुझाउने गरेको देखिएको बताए । उनीहरू अहिले एउटै घरमा बन्धकको रूपमा रहेको र उद्धारको माग गरिरहेको बताए ।

उनले भने ‘करिब ४० हजार महिलाहरू भिजिट भिसामा कुवेतमा लगेर बेचिएको समाचार आइरहेको छ । अध्यागमन विभागको कर्मचारीलाई एक लाख बुझाउने रहेछन् । एउटै घरमा बन्धकको रूपमा राखिएको र उद्धारको माग गरिरहेको भन्नेछ । भिजिट भिसाको प्रकरणमा त्यत्रो सङ्ख्यामा महिला बेचिँदा के भएको हो सरकार र गृह मन्त्रालयले यो रोष्ट्रममा आएर सदनलाई जानकारी दिनका लागि माग गर्न चाहन्छु ।’

उनले सरकार र गृह मन्त्रालयले यसबारेमा स्पष्ट पार्नुपर्ने भन्दै सदनमा सरकारको जवाफ माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + seventeen =