सीमा सुरक्षाका बारेमा सरकार गम्भीर छ : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सीमा सुरक्षाका बारेमा सरकार गम्भीर रहेको बताएका छन् ।
पर्सामा सोमवार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् ।
उनले सीमा सुरक्षा, सीमामा हुने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, नेपालले काम गरिरहेको बताए । उनले ठाउँ ठाउँमा सीमा सुरक्षाका कुराहरू, सीमामा अपराधजन्य काम नियन्त्रणका लागि सरकारले गहन रूपमा काम गरिरहेको जिकिर गरे । उनले नेपाल कुनैपनि देशको सैन्य रणनीतिमा सामेल नहुने स्पष्ट पारे ।
उनले भने ‘सीमा सुरक्षाका बारेमा हामी गम्भीर छौँ । सीमा सुरक्षा र सीमामा हुने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, नेपालले काम गरिरहेको छ । ठाउँ ठाउँमा सीमा सुरक्षाका कुराहरू, सीमामा अपराधजन्य काम नियन्त्रणका लागि हामीले गहन रूपले काम गरिरहेका छौँ । चिनियाँ रणनीतिमा हामी सामेल भएको हो की भन्ने प्रश्न उठाउनुभएको छ । हामी कुनैपनि देशको सैन्य रणनीतिमा सामेल हुदैनौँ। हामी सबैका मित्र छौँ, कसैसँग शत्रुभाव छैन ।’
गृहमन्त्री लेखकले अपराधजन्य गतिविधिमा आग्रह, पूर्वाग्रह नहुने स्पष्ट पारे ।








