विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालयहरुको विरोध प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ । विद्यालय शिक्षा विधेयकका प्रावधानको विरोधमा काठमाडौँ उपत्यका भरीका निजी विद्यालयहरुले आज विरोध प्रदर्शन गरेका छन् । उनीहरूले आफ्ना विद्यालयका बसलाई सडकमा ल्याएर आपत्ति जनाएका छन् ।

निजी विद्यालयहरूको अनुसार, प्रस्तुत विधेयकले विद्यालयहरूको स्वायत्तता र व्यवस्थापनमा हस्तक्षेप गर्ने मात्र नभई, शैक्षिक गुणस्तरमा पनि नकरात्मक प्रभाव पार्न सक्ने आशंका गरिएको छ ।

विरोधमा उत्रिएका विद्यालयका प्रतिनिधिहरूले विधेयकका केही प्रावधानहरूलाई असंवैधानिक र नोक्सानदायक बताउँदै सरकारसँग पुनरावलोकन गर्न माग गरेका छन् ।

काठमाडौंको प्रमुख चोकहरूमा निजी विद्यालयका शिक्षकहरू विरोध प्रदर्शनमा सामेल भएका थिए ।

विद्यालयका बसहरू सडकमा पार्क गरेर विधेयकको विरोध गरेका प्रदर्शनकारीहरूले नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 2 =