डिशहोमले ‘मेलुङ थकाली’ सँग साझेदारी गर्दै विशेष सुविधा उपलब्ध गराउने

काठमाडौँ । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड मार्फत नेपालकै चर्चित थकाली ‘मेलुङ थकाली’ सँग साझेदारी गरेको छ।

यस साझेदारीसँगै, सक्रिय डिशहोम ग्राहकहरूले अब मेलुङ थकालीका सबै आउटलेटहरूमा १० प्रतिशत छुट पाउनेछन्।

मेलुङ थकालीको पाँच आउटलेटहरू एअरपोर्ट, गठ्ठाघर, बानेश्वोर्, बौद्ध र बालुवाटारमा रहेको छ र अरू थप शाखाहरू पनि बिस्तारको क्रममा रहेका छन्। यस नेपालकै चर्चित थकाली ब्रान्डसँगको साझेदारीले डिशहोमका ग्राहकहरूलाई आफ्नो मनपर्ने थकाली परिकारमा छुटसहित खान सक्ने सुविधा दिइने डिशहोमले जनाएको छ।

डिशहोमका अनुसार निम्न अफरको व्यवस्था गरिएको छ :

  • थकाली परिकारमा १० प्रतिशत छुट

केवल माइ डिशहोम एप मार्फत सक्रिय ग्राहकहरूका लागि उपलब्ध
छुट लिनका लागि :

१. माइ डिशहोम एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्नुहोस्।
२. आफ्नो दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आइडी प्रयोग गरी लग–इन गर्नुहोस्।
३. होम पेज वा प्रोफाइल सेक्सनबाट भर्चुअल प्रिभिलेज कार्ड खोल्नुहोस्।
४. मेलुङ थकालीमा यो कार्ड देखाएर छुट प्राप्त गर्नुहोस्।

यस साझेदारीलाई औपचारिकता दिने क्रममा मेलुङ थकालीका सह–संस्थापक वसन्त लामा, डिशहोमका चिफ न्यु प्रोडक्ट डेभ्लपमेन्ट एन्ड इन्टिग्रेसन अफिसर, सबिन महर्जन बीच एमओयूमा हस्ताक्षर गरिएको छ।

‘यो साझेदारीले नेपालको मनपर्ने थकाली गन्तव्यलाई हाम्रो ग्राहकहरूको दैनिक जीवनमा अझ मूल्य थप्ने हाम्रो प्रतिबद्धतासँग जोडेको छ,’ डिशहोमका सिइओ तारा मानन्धरले बताइन् ।

कम्पनीले आगामी महिनाहरूमा अझ धेरै शीर्ष ब्रान्डहरूलाई यस कार्यक्रममा समावेश गर्ने योजना बनाएको जानकारी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =