मेयर बालेनविरुद्धको अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइ हुँदै
२०८२ भदौ १६ गते

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्दाको सोमबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको इजलासमा बालेन शाहविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ हुनेछ । यो मुद्दाको यो दोस्रो सुनुवाइ हो ।
अधिवक्ता दीपकराज जोशीले शाहविरुद्ध अदालतको अवहेलनाको आरोपमा कारबाहीको माग गर्दै रिट निवेदन दायर गरेका थिए ।
यस मुद्दाको उत्पत्तिको कारण भनेको नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च अदालतद्वारा जारी गरिएको अन्तरकालीन आदेश हो ।
शाहले ‘अब नक्सा पासको काम पनि सर्वोच्च अदालतलाई गर्न दिए हुने,’ भन्ने प्रतिक्रिया दिएपछि विवाद उत्पन्न भएको थियो । बालेनको उक्त टिप्पणीपछि अदालतमा अवहेलनासम्बन्धी मुद्दा दायर गरिएको हो ।
२०८२ भदौ १६ गते
प्रतिक्रिया
सम्बन्धित








