ओलीलाई भेटेपछि मोदीले भने: ‘भारत–नेपाल सम्बन्ध गहिरो र विशेष छ’
२०८२ भदौ १५ गते

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट भएको छ ।
आइतबार भएको भेटपछि मोदीले सामाजिक सञ्जालमा लेख्दै नेपालसँगको सम्बन्धलाई ‘गहिरो र विशेष’ बताएका छन् । ‘नेपालका प्रधानमन्त्री केपी ओलीसँग तियानजिनमा भेट्दा खुसी लाग्यो । भारत र नेपालको सम्बन्ध गहिरो र विशेष छ,’ उनले स्टाटसमा उल्लेख गरेका छन् ।
दुई नेताबीचको यो भेट हाल चीनको तियानजिनमा भइरहेको विश्व आर्थिक सम्मेलनमा सहभागी हुन गएका क्रममा भएको बताइएको छ ।
भेटमा आपसी सम्बन्ध, द्विपक्षीय सहकार्य र क्षेत्रीय विकासका विषयमा कुराकानी भएको बताइएको छ ।
भारत र नेपालबीच हालसालै उच्चस्तरीय भ्रमण र राजनीतिक संवाद बढिरहेको छ । यो भेटलाई दुई मुलुकबीचको सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा लिइएको छ ।
२०८२ भदौ १५ गते
प्रतिक्रिया
सम्बन्धित








