रुपन्देही–३ को उपनिर्वाचनका लागि रास्वपाबाट डा. लेखजंग थापा उम्मेदवारमा निर्वाचित

काठमाडौं । आगामी कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उम्मेदवारमा डा.लेखजंग थापा निर्वाचित भएका छन् ।

पार्टीले आयोजना गरेको प्राइमरी निर्वाचन (आन्तरिक प्रतिस्पर्धा) मार्फत थापा उम्मेदवार चयन भएका हुन् । पार्टीका अनुसार ९ जनाले उम्मेदवारी दिएको यस प्रतिस्पर्धामा थापाले सबैलाई पछि पार्दै उम्मेदवार बन्ने अधिकार सुरक्षित गरेका हुन् ।

आन्तरिक निर्वाचनमा केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति र क्षेत्रीय प्रतिनिधिहरूले मतदान गरेका थिए । पार्टीका एक नेताका अनुसार थापाले उल्लेखनीय मतान्तरका साथ जित हासिल गरेका हुन् ।

रुपन्देही–३ मा उपनिर्वाचन प्रतिनिधिसभा सदस्य पद खाली भएपछि निर्वाचन आयोगले कात्तिक १७ गतेका लागि मिति तोकेको छ । थापाको उम्मेदवारीसँगै अब रास्वपाले सो क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्ने रणनीति अघि बढाउने संकेत देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 1 =