नेप्से परिसूचक ३१ अङ्कले घट्यो
२०८२ भदौ १५ गते

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव १७ अङ्कले घटेर दुई हजार ७४९ दशमलव ८३ को बिन्दुमा कायम भएको छ ।
आज ३२१ कम्पनीको एक करोड ४८ लाख पाँच हजार ५६९ कित्ता शेयर ९७ हजार १७४ पटक खरिद बिक्री हुँदा छ अर्ब छ करोड १८ लाख २२ हजार ३७९ बराबरको कारोबार भएको छ ।
आज सबै समूहको उपसूचक घटेको छ । ग्लोबल आइएमई समुन्नत योजना–२ को शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ ।
सबैभन्दा बढी उन्नती लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ७७ प्रतिशतले घेटेको छ ।
२०८२ भदौ १५ गते
प्रतिक्रिया
सम्बन्धित








