लगानी भएका जलविद्युत आयोजना निर्माण गर्न मन्त्रालयले सहयोग गर्छ : वनसचिव मिश्र

काठमाडौं । वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले संरक्षण क्षेत्र र राष्ट्रिय निकुञ्जभित्र निमार्णको लागि लगानी भइसकेका जलविद्युत आयोजनालाई मन्त्रालयले सहजीकरण गर्ने बताएका छन् ।
कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आईतवार बसेको बैठकमा भएको हाईड्रोपावरहरुको वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन (ईएमपी अपडेट) गर्ने विषयमा देखिएका समस्या सम्बन्धी छलफलमा उनले यस्तो बताए ।
लगानी हुन बाँकी रहेका आयोजनालाई अगाडी बढाउने विषयमा भने थप छलफल आवश्यक रहेको उनले बताए ।
उनले राज्यकै निकायबाट अनुमति लिएर निर्माणका लागि तयार भएका परियोजना रोकेर व्यवसायी र राज्यलाई नोक्शानी गर्ने पक्षमा मन्त्रालय नरहेको बताए ।
लागनी भएका आयोजना निर्माणको लागि अनुमति दिनको लागी मन्त्रालयले छिट्टै मन्त्रीपरिषद्मा प्रश्ताव लैजान लागेको उनले जानकारी दिए ।
उनले संरक्षण क्षेत्र र राष्ट्रिय निकुञ्ज भित्रका संवेदनशील क्षेत्र निर्धारण गर्नको लागि संसदले नै संसदीय समिति निर्माण गरिदिन पनि आग्रह गरे ।








