छिमेकी राष्ट्रहरुले सीमासम्बन्धी अन्तर्राष्ट्रिय मान्यता उल्लंघन गरे : सभामुख घर्तिमगर

काठमाडौं । लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्तीमगरले नेपालको भू–सीमा र राष्ट्रिय सार्वभौमिकताको सवालमा सरकारले दृढ र स्पष्ट कदम चाल्नुपर्ने बताएका छन्कीर ।
आईतवार नवलपरासीको सुस्ता अवलोकनका लागि गएकी उनले छिमेकी राष्ट्रहरुले नेपालसँगको सीमा विवादको विषयमा अन्तर्राष्ट्रिय मान्यताविपरित व्यवहार गरिरहेको आरोप समेत लगाए ।
उनले सन्धिका बखत जुन ठाउँबाट नदी बगिरहेको छ त्यही ठाउँलाई सीमा मान्नुपर्ने भएपनि छिमेकी राष्ट्रहरु चीन र भारतले अटेर गरिरहेको भन्दै सीमा रक्षाका लागि सरोकारवाला सबै दृढताका साथ उभिनुपर्ने बताए । ‘नेपालीको एउटै मात्र सपना के हो भने नेपाली माटोको रक्षा गर्ने कर्तव्य पनि नेपालीको हो । भारतीय माटोको रक्षा गर्ने जिम्मेवारी भारतीय नागरिकको हो । सबैले आफ्नो माटोको रक्षा गर्ने नै हो । तर सन्धि हुँदाखेरी जुन ठाउँबाट नदी बगेको थियो । त्यही ठाउँलाई नै सीमा मान्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ । तर त्यो अन्तर्राष्ट्रिय मान्यतालाई हाम्रा छिमेकी राष्ट्रहरुले त्यति बुझ्नु भएन । बुझेर पनि बुझ पचाउन थाल्नुभयो । नबुझेको हैन । त्यसकारण म के भन्छु भने नेपालका प्रधानमन्त्रीज्यूले, राष्ट्रपतिज्यूले, सभामुखज्युले र मन्त्रीज्युहरुले माटोलाई पहिला माया गर्नुप¥यो’ उनले भने ।
सभामुख घर्तीमगरले प्रधानमन्त्री, राष्ट्रपति, सभामुख तथा मन्त्रीहरूले मातृभूमिप्रति गहिरो प्रेम र दायित्व देखाउनुपर्ने आवश्यकता औंल्याए ।








