प्रधानमन्त्री ओलीले गरे चाउ एनलाइ र तेङ यिङ्चाओ स्मृति संग्रहालयको अवलोकन (तस्बिरहरू)

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज थियानजिनस्थित चाउ एनलाइ र तेङ यिङ्चाओ स्मृति संग्रहालयको अवलोकन गरेका छन् । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार, उनले चीनका पूर्वप्रधानमन्त्री चाउ एनलाइ र उहाँकी पत्नी तेङ यिङ्चाओको जीवन र योगदानबारे जानकारी लिएका हुन् ।

सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री ओलीले यस संग्रहालयको भ्रमणमार्फत चीनको ऐतिहासिक र राजनीतिक विकासक्रमलाई नजिकबाट नियाल्ने अवसर प्राप्त गरेका छन् । चाउ एनलाइ चीनका एक प्रभावशाली र सम्मानित पूर्वप्रधानमन्त्री हुन्, जसले चीनको आधुनिकीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

प्रधानमन्त्री ओली शनिबारदेखि चीन भ्रमणमा छन् । उनले हिजै चिनियाँ राष्ट्रपति सी जिनपिङसँग महत्त्वपूर्ण भेटवार्ता गरेका थिए, जहाँ द्विपक्षीय सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भएको थियो ।

राष्ट्रपति सीको निमन्त्रणामा चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली बुधबारसम्म चीनमै रहनेछन् । शुक्रबार प्रतिनिधि सभालाई आफ्नो चीन भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्रीले यस भ्रमण मुलुकको समग्र हित र विकासका लागि केन्द्रित रहने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fourteen =