असाधारण वृद्धिमा सुन, आइतबार प्रतितोला २ लाख ३ हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । शुक्रबार प्रतितोला २ लाखको आँकडा पार गरेको सुनको मूल्य आइतबार थप ३ हजार रुपैयाँले बढेर २ लाख ३ हजार ६ सय रुपैयाँमा पुगेको छ । यो नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि निर्धारण गरेको यो मूल्य अघिल्लो कारोबार दिनको २ लाख ६ सय रुपैयाँभन्दा निकै माथि छ । सुनको मूल्यमा आएको यो अकल्पनीय वृद्धिले लगानीकर्ता र उपभोक्ता दुवैलाई चकित पारेको छ ।

सुनसँगै चाँदीको मूल्यले पनि नयाँ इतिहास रचेको छ । आइतबार एकै दिन चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले बढेर २ हजार ४ सय २५ रुपैयाँमा पुगेको छ । यो पनि नेपाली बजारमा चाँदीको हालसम्मकै उच्च मूल्य हो । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला २ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा धातुहरूको मूल्यमा आएको उतारचढाव र भू-राजनीतिक अनिश्चितताका कारण नेपाली बजारमा सुन र चाँदीको मूल्यमा यो उच्च वृद्धि देखिएको व्यवसायीहरूले बताएका छन् । लगानीका लागि सुरक्षित मानिने सुन र चाँदीको मूल्यमा आएको यो उछालले बजारमा नयाँ तरङ्ग पैदा गरेको छ । यसले गर्दा गरगहनाका उपभोक्ताहरू भने प्रत्यक्ष प्रभावित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − nine =