संघीय निजामती विधेयक भनेको ‘कुलिङ अफ पिरियड’ मात्रै भन्ने पारियो : मन्त्री न्यौपाने

काठमाडौँ । संघीय मामिला तथा प्रशासनमन्त्री भगवती न्यौपानेले कुलिङ अफ पिरियडलाई धेरै बहस र प्रचार गरिएकोप्रति असन्तुष्टि जनाएकी छन् ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको शनिवार बसेको बैठकमा भएको संघीय निजामती सेवा विधेयक माथिको दफावार छलफलमा उनले उक्त असन्तुष्टि व्यक्त गरेकी हुन् ।

संघीय निजामती विधेयक भनेको नै कुलिङ अफ पिरियड मात्रै हो भने जसरी बहस गरिएको उनको भनाई छ । प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा कुलिङ अफ पिरियडमा भएको छलफलले अन्य महत्त्वपूर्ण विषयलाई ओझेलमा पारेको उनले बताइन् ।

निजामती कर्मचारीहरूको नियुक्ति, सरुवा, संघियताको मर्म अनुसारको व्यवस्थापन, पदपूर्ति लगायतका धेरै महत्त्वपूर्ण विषयहरूमा छलफल आवश्यक रहेको उनको भनाई छ ।

उनले भनिन् ‘कुलिङ अफ पिरियडको बारेमा चाहिँ अहिले धेरै यो संघीय निजामती ऐन जारी गर्ने यो विधेयकको छलफल हुँदै गर्दाखेरि चाहिँ प्रतिनिधि सभामा जुन खालको जसरी छलफल भयो । जसरी बहस भयो । सचिवज्यूले पनि भन्नुभयो, यो विधेयक कसरी आयो, किन आयो, कसले ल्यायो, त्यो कुरा छँदै छ । तरपनि प्रतिनिधि सभा आइसकेपछि राज्य व्यवस्था समितिमा त्यो विधेयकमा यसरी छलफल भयो । यो विषय चाहिँ र बाहिर आम रूपमा चाहिँ के प¥यो भन्दाखेरि संघीय निजामती विधेयक भनेको कुलिङ अफ पिरियड मात्रै हो रहेछ कि भन्ने जस्तो प्रचार भयो । त्यो बाहेक अरू धेरै महत्त्वपूर्ण कुरा छन् । निजामती कर्मचारीहरूको नियुक्तिको विषय छ, सरुवाको विषय छ, व्यवस्थापनको विषय छ । यो संघियताको मर्म अनुसार कसरी व्यवस्थापन गर्ने भन्ने कुरा छ, पदपूर्तिको विषय छ । धेरै विषयहरू छन् । तर त्यो कुलिङ अफ पिरियड मात्रै हो की भन्ने हिसाबले धेरै चर्चा भएर आज पनि सबैका कान ठाडा किन छन् भने राष्ट्रिय सभाले त्यो कुलिङ अफ पिरियडलाई के गर्छ रु भन्ने विषयले सबैको ध्यान जति त्यता छ ।’

प्रतिनिधि सभामा कुलिङ अफ पिरियडको सन्दर्भमा तीतो घटना घटेको उल्लेख गर्दै उनले राष्ट्रिय सभाले सौहार्द्य रूपमा छलफल गरेर त्यसलाई टुंगोमा पुर्याउने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =