नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक एक्स्पोः स्थानीय स्तरसम्म पुग्नेगरी सञ्चालन गर्न माग

काठमाडौँ । नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेकट्रोनिक्स एण्ड होम अपलायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनीमा पुगेका उपभोक्ताहरूले प्रदर्शनीलाई स्थानीय स्तरसम्म पुर्याउने माग गरेका छन् ।

शुक्रवारबाट काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन भएको प्रदर्शनीमा नेपालसहित विभिन्न देशका १ सय ५० भन्दा बढी स्टलहरू रहेका छन् । प्रदर्शनीमा पुगेका उपभोक्ताहरूले यस्ता प्रदर्शनीहरू देशका सातै वटा प्रदेश र स्थानीय तहसम्मै सञ्चालन हुनसके देशको अर्थतन्त्र थप चलायमान बनाउने बताए ।

उनीहरूले यस्ता प्रदर्शनीले आम नागरिकहरूमा प्रविधि सम्बन्धी ज्ञान बढाउन मद्दत गर्ने बताएका छन् । प्रदर्शनमा पुगेका कपिल थापाले सूचनाहरू आदानप्रदान गर्ने ठाउँ भएकाले नयाँ कुराहरूबारे जानकारी पाएको बताए । त्यस्तै सिजी स्वरुमका असिस्टेण्ट म्यानेजर रोमन खत्रीले आफूहरूले सोचेको भन्दा बढी मानिसहरू मेलामा आउँदा र जानकारी दिन पाउँदा खुसी लागेको बताए ।

यस्ता एक्स्पोहरुले मानिसहरुबीचमा आफ्ना सामान पुर्याउन सहज हुने विश्वास व्यक्त गरे । मेलामा सहभागी व्यवसायी प्रनीति वन्तले मेलाबाट धेरै मानिसहरूमा पुग्नका लागि र आफ्ना सामग्रीहरू पुर्याउनका लागि सहज भएको बताए । नेपालमा बढ्दो जलविद्युत उत्पादनलाई विभिन्न विद्युतीय माध्यममार्फत खपत बढाउने, आयात प्रतिस्थापनमा सहयोग पुर्याउने र ऊर्जा व्यवसायलाई सबल बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने उद्देश्यका साथ प्रदर्शनी सञ्चालनमा ल्याइएको आयोजकको भनाइ छ ।

देशको ऊर्जा तथा विद्युतीय बजारलाई सबल बनाउन, गुणस्तरीय सामानको प्रयोगमा जोड दिन र विद्युतीय उपकरणमा आत्मनिर्भरता बढाउन यस प्रदर्शनीले सकारात्मक प्रभाव पार्ने आयोजकको भनाइ रहेको छ ।

शुक्रवारबाट काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शनी सुरु भएको हो । मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स, एक्जीबिसन एण्ड ट्रेड सर्भिसेस इण्डिया प्रा.ली. तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर एण्ड इम्पोर्टर्स एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा प्रदर्शनी सुरु भएको हो ।

प्रदर्शनीमा नेपाल विद्युत् प्राधिकरण तथा नेपाल सौर्य विद्युत् उत्पादक संघ सहयोगी संस्थाको भूमिकामा रहेका छन् । स्टिलमा उच्च गुणस्तरका अत्याधुनिक प्रविधि भएका ट्रान्समिसन तथा डिस्ट्रीब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबल, कन्डक्टर, नवीनतम प्रकारका स्विच, एलइडी लाइटिङ, इलेकट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, चार्जिङ स्टेसन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्री प्रदर्शनीमा राखिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 12 =