प्रचण्डको शान विगतको जस्तो रहेन : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सबै एकजुट भई सडक आन्दोलनमा उत्रिन नेता, कार्यकर्ताहरूसँग आह्वान गरेका छन् ।

काठमाडौँमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन् ।

उनले अब आन्दोलन गर्नुको विकल्प नरहेको बताए । बरु अब एक पटक फेरि जेल, नेल, यातना खान तयार हुनुपर्ने बताए । सदनबाट बल गरेर दलित ऐन बनाइदिने, प्राधिकरण बनाइदिने कामले मात्रै दलितहरूले अधिकार नपाउने उनको भनाइ छ । आफ्नो शान पहिलाको जस्तो नरहेको पनि स्वीकार गरे । विगतमा निर्वाचनमा भोट हाल्न जाँदा जनमुक्ति सेनाका दुई वटा गाडी अघिपछि राखेर गएको स्मरण गरे ।

अध्यक्ष दाहालले भने ‘हामी सबै एक ढिक्का भएर सडकमा जाने हो । हामी आन्दोलनमा जाने हो । बरु अब एक पटक फेरि जेल, नेल, यातना खान पनि तयार हुने अब । नत्र सजिलै माथिबाट नियम बनाइदिने नेताहरूले, सदनबाट बल गरेर दलित ऐन बनाइदिने, प्राधिकरण बनाइदिने अनि मुक्ति पाइन्छ भन्न थालियो भने अधिकार पाइँदैन । हामीलाई शक्ति चाहिन्छ । हिजो जनयुद्ध गरेर शान्ति प्रक्रियामा आउँदा संगठन त त्यति ठुलो होइन नि । राप थियो, ताप थियो, वाइसिएल थियो, सेना थियो । क्यान्टेनमेण्ट भए पनि बन्दुक नै थियो । म चुनावमा भोट हाल्न जाँदा जनमुक्ति सेनाका दुई वटा गाडी अघिपछि राखेर भोट हाल्न जाने त्यो बेलाको प्रचण्ड भनेपछि मान्छेले कस्तो बुझ्थ्यो भन्नुस् त । अहिले त। छैन ।’

अध्यक्ष दाहालले फेरि सेना बनाउनुपर्ने भन्नेकुरा आफूले नभनेको उल्लेख गर्दै शान्तिपूर्ण आन्दोलन जरुरी रहेको बताए । चाडपर्व सकिएपछि सडकलाई नै मुख्य रूपमा प्रयोग गरेर अघि बढ्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =