महानगर प्रहरी व्यक्तिको प्रतिनिधि हुनु हुँदैन : उपप्रमुख डंगोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता महानगरले महागर प्रहरीलाई व्यक्तिको प्रतिनिधि नभई संस्थाको प्रतिनिधि भएर काम गर्न सुझाव दिएकी छन् ।
३३ औँ महानगर प्रहरी दिवसको अवसरमा शनिवार काठमाडौँमा आयोजित कार्यक्रममा उपमेयर उपमेयर डंगोलले यस्तो सुझाव दिएकी हुन् ।
महानगर प्रहरी मेयर बालेन्द्र साहको निर्देशनअनुसार मात्रै चल्ने गरेकोप्रति लक्षित गर्दै उनले फिल्डमा खटिँदा व्यक्तिको नभई संस्थाको प्रतिनिधि भएर खटिन आग्रह गरे । उनले कानुनी शासनको प्रतिनिधित्व गर्ने कुराको मानक स्थापना गर्न पनि आग्रह गरे ।
उनले भने ‘सदैव यहाँहरूले बर्दी लगाएर फिल्डमा गइरहनु हुदाखेरी म कोही व्यक्तिको प्रतिनिधित्व होइन । म संस्थाको प्रतिनिधित्व गर्छु । म कानुनी शासनको प्रतिनिधित्व गर्छु भन्ने कुरा स्थापित गर्न सक्नुहोस् । यो शुभकामना छ, यहाँहरू सबै जनालाई ।’
उनले काठमाडौँ महानगरपालिकामा सुशासन स्थापना गर्नको लागी उदाहरण बन्नको लागि पनि सबै नगर प्रहरीलाई आग्रह गरे ।








