साउथ अस्ट्रेलियाविरुद्ध नेपालले पायो २४३ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले साउथ अस्ट्रेलिया (एसए) सँगको एकदिवसीय अभ्यास खेलमा २४३ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ । टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको नेपालले साउथ अस्ट्रेलियालाई निर्धारित ४५ ओभरमा २४२ रनमा अलआउट गरेको हो ।

साउथ अस्ट्रेलियाका लागि ह्यारी मानेन्टीले सर्वाधिक ६३ रनको योगदान दिए भने डुवित हूगानबोजमले ५३ रन बनाए । यस्तै, रायन किङले ३५ तथा म्याकेन्जी हार्भेले २४ रन जोडे । नेपालका लागि नन्दन यादव र सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै समान ३-३ विकेट लिए । सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले १-१ विकेट हात पारे ।

विश्वकप छनोटको तयारीका लागि महत्वपूर्ण मानिएको यस अस्ट्रेलिया भ्रमणमा नेपालले यसअघि टप एन्ड टी-२० सिरिजमा ११ टोलीमध्ये आठौं स्थान हासिल गरेको थियो । सिरिजपश्चात भएको अभ्यास टी-२० खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई पराजित गरे पनि साउथ अस्ट्रेलियासँग भने हार बेहोरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =