विदेश भ्रमणबाट फर्केको दोस्रो दिनमै मेयर खानको हृदयघातका कारण निधन

काठमाडौं । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमान (खान)को निधन भएको छ । शुक्रबारमात्रै मलेसिया भ्रमणबाट फर्किएका मेयर सजरुद्दिनको आज बिहान हृदयघातका कारण निधन भएको हो ।

७० वर्षीय खानको बिहान ९ बजेतिर स्वास्थ्यमा अचानक समस्या देखिएपछि युनिभर्सल मेडिकल कलेज भैरहवा लैजाँदै गर्दा बाटोमै निधन भएको लुम्बिनी सांस्कृतिक नगरपालिका-३ का वडाध्यक्ष अकरामुद्दिन नाउ मुसलमानले जानकारी दिए ।

नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुख खान शुक्रबार मात्रै मलेशिया भ्रमणबाट घर फर्केका थिए । वडाध्यक्ष मुसलमानका अनुसार, ‘उहाँ हिजो (शुक्रबार) मात्रै मलेशियाबाट फर्कनु भएको थियो, हिजो राति सुत्दा र बिहान उठ्दासम्म राम्रै हुनुहुन्थ्यो। बिहान उठेपछि अप्ठ्यारो भयो भनेपछि मेडिकल कलेज लैजाँदै गर्दा निधन भएको हो ।’

नगर प्रमुख खानको निधनले लुम्बिनी क्षेत्रको राजनीति र सामाजिक वृत्तमा शोक छाएको छ । उनको निधनप्रति विभिन्न राजनीतिक दलका नेता तथा सामाजिक अगुवाहरूले दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =