प्रधानमन्त्री ज्यु ! लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनुहोला : बालेन शाह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको शुभकामना दिँदै लिपुलेकको विषयमा ध्यानाकर्षण गराएका छन् । सामाजिक सञ्जालमार्फत मेयर साहले प्रधानमन्त्रीलाई लिपुलेक हाम्रो भूभाग भएको कुरा चीन सरकारलाई सम्झाउन नबिर्सन आग्रह गरेका हुन् । 

मेयर साहले लेखेका छन्, ‘चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यू । नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला । All the best, हामीलाई तपाईँमाथि पूर्ण विश्वास छ ।’

प्रधानमन्त्री ओली आज बिहान पाँच दिने चीन भ्रमणका लागि प्रस्थान गरेका छन् । उनी सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन चीन गएका हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 15 =