मान्छेहरू गहभरी आँशु बोकेर कहाँ झार्ने भन्ने ठाउँ खोज्दै हिँडिरहेका छन् : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै कम्युनिष्ट आन्दोलनमा अधिनायकवाद मौलाएको टिप्पणी गरेका छन् । शुक्रबार पार्टीको ७ नम्बर क्षेत्रीय कमिटी, काठमाडौंले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् ।

नेकपा (एमाले) लाई लक्षित गर्दै उनले त्यहाँ बसिरहेका मान्छे गहभरी आँशु बोकेर कहाँ झार्ने भन्ने ठाउँ खोज्दै हिँडिरहेको टिप्पणी गरे । एमालेभित्र रहेका मानिसहरूले भोगिरहेको र आफूहरू समेत तमासा हेरेर बसिरहेको उनको टिप्पणी छ । आफूहरूले सुरू गरेको कम्युनिष्ट पार्टीले २०७४ सालमा बहुमत ल्याउँदा समेत संविधान संशोधन र ऐन कानून निर्माणमा तीव्रता दिन नसक्नुको मुख्य दोषी ओली भएको उनको आरोप छ ।

एमाले नेतृत्व पूर्व सहयोगीमाथि बदला लिन उद्दत रहेको भन्दै अध्यक्ष नेपालले अब प्रभु शाह र उपेन्द्र यादवको पालो आएको टिप्पणी गरे । उनले कम्युनिष्ट पार्टीका कार्यकर्ताको पहिलो काम समाज बदल्ने रहेको उल्लेख गर्दै त्यसका लागि अग्रसर हुन पार्टी कार्यकर्तालाई आग्रह गरे। अध्यक्ष नेपालले आफ्नो पार्टीका लागि ठूलो समस्या केपी ओली रहेको बताएका छन् ।

नेपालले अहिलेको परिस्थितिमा पार्टीका सामु ठूलो समस्याका रुपमा एमाले नेतृत्व विशेषगरी केपी ओली नै रहेको बताएका हुन् । कांग्रेसलाई शत्रु बनाउने, माओवादीसँग दोस्ती तोड्ने र पार्टीलाई एक्लै बनाइ कमजोर बनाउने सोच गलत रहेको उनले बताए । उनले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई ६ महिना अघि सदस्यता दिँदै अध्यक्षको आश्वासन दिने व्यक्ति नै अहिले भण्डारीविरुद्ध लागेको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 2 =