बीजी ग्रुपद्वारा नेपालमा कूलप्याडको स्मार्टफोन सार्वजनिक

काठमाडौँ । बीजी ग्रुपले अन्तर्राष्ट्रिय स्मार्टफोन ब्रान्ड कूलप्याडलाई नेपालमा औपचारिक रूपमा भित्र्याएको छ।

आज काठमाडौँमा आयोजित एक समारोहबीच बीजी ग्रुपले कूलप्याडका विभिन्न अत्याधुनिक स्मार्टफोनका मोडलहरू सार्वजनिक गरेको हो।

कार्यक्रममा बोल्दै बीजी ग्रुपका CEO समर्पण मिश्रले नेपाली उपभोक्ताका लागि विश्वस्तरीय उत्पादन र सेवा ल्याउन आफ्नो प्रतिबद्ध रहेको बताए । उनले सन् २००० मा एउटा सानो सपनाबाट सुरु भएको यात्रा आज एउटा सफल समूहको रूपमा स्थापित भएकोमा खुसी व्यक्त गरे ।

त्यसैगरी बीजी ग्रुपका सेल्स प्रमुख विशाल बराल आफ्नो १५ वर्षभन्दा लामो अनुभव र कम्पनीको सामूहिक प्रयासले नेपाली बजारमा नयाँ प्रविधि भित्राउन सम्भव भएको बताए ।

सार्वजनिक भएका मुख्य स्मार्टफोन मोडलहरू :

Coolpad X100:  यसको प्रमुख विशेषताहरूमा 108:P AI ट्रिपल क्यामेरा, 120Hz अल्ट्रा स्मूथ डिस्प्ले र Helio G99 गेमिङ प्रोसेसर समावेश छन्। यो फोन Next-Level Cool को स्लोगनका साथ प्रस्तुत गरिएको छ।
Coolpad C16: See More, See Power  स्लोगन रहेको यस मोडलमा Massive 5000mAh ब्याट्री, 90Hz डिस्प्ले र 50:P AI ट्रिपल क्यामेरा जस्ता विशेषताहरू छन्।

Coolpad C15: यो फोन ‘Bold Style, Meets Strength’ को नाराका साथ डिजाइन गरिएको छ, जसले बलियो बनावट र आकर्षक शैली लाई जोड दिन्छ।

Coolpad CP12 Neo: यो मोडलमा 120Hz  स्मूथ डिस्प्ले र 5000mAh ब्याट्री रहेको छ, जसले प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्नेछ।

बीजी ग्रुपको यो पहलले नेपाली मोबाइल बजारमा नयाँ उत्साह र प्रतिस्पर्धा थप्ने अपेक्षा गरिएको छ। का यी सबै नयाँ मोडलहरू अब देशभरका प्रमुख मोबाइल स्टोरहरूमा उपलब्ध हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 2 =