भिआइपी भिखारी: २ सय रुपैयाँभन्दा कमको भीक अस्वीकार, क्यूआर सुविधा पनि !

एजेन्सी । सामाजिक सञ्जालमा दिनहुँ कुनै न कुनै रमाइला वा अनौठा दृश्यहरू भाइरल भइरहन्छन् । यस्तैमा अहिले एउटा भिडियोले सबैको ध्यान तानेको छ, जहाँ एक भिखारीले आफूलाई ‘भिआइपी भिखारी’ घोषणा गर्दै यस्तो पोस्टर झुन्ड्याएका छन्, जुन देखेर जो–कोही मुस्कुराउन बाध्य हुन्छ ।

भिडियोमा देखिन्छ, एक भिकारी रेलवे ट्र्याक नजिकैको सडक छेउमा शान्त रूपमा सुतेका छन् । तर उनको छेउमा राखिएको ब्यानर भने सबैको आकर्षणको केन्द्र बनेको छ । ब्यानरमा उनले आफूलाई ‘भिआइपी भिखारी’ भनेर चिनाएका छन् । त्यहाँ उनले प्रस्ट लेखेका छन् कि उनीलाई कम्तीमा २०० रुपैयाँभन्दा तलको भीख स्वीकार्य छैन ।

यहाँ रकमको मात्र हैन, उनले भीख लिने समयसमेत निर्धारण गरेका छन् । बिहानदेखि बेलुकासम्म, ठ्याक्कै पसल खुल्ने बन्द हुने समयजस्तै । अझ रमाइलो कुरा के छ भने, उनी डिजिटल युगसँग कदम मिलाउँदै क्युआर कोडमार्फत अनलाइन भिख लिने व्यवस्थासमेत मिलाएका छन् । अब नगद छैन भनेर कसैले बहाना गर्न पाइँदैन !

भिखारीको ब्यानरमा उनको फोटोसहितको ‘प्रोफाइल’ पनि छ, जुन देख्दा जो–कोही ठट्टा गरिहाल्छन् । पोस्टर हेर्न रोकिने, फोटो खिच्ने, रमाइला टिप्पणी गर्नेको भीड लाग्ने गरेको देखिन्छ ।

यो भिडियोले एकातिर मानिसहरूलाई मनोरञ्जन दिएको छ भने अर्कोतिर रोजगारी, परिस्थिति र डिजिटल युगमा भिख माग्ने प्रविधिप्रति पनि व्यङ्ग्य प्रहार गरेको छ ।

सामाजिक सञ्जालको शक्तिले आज सामान्य दृश्यलाई पनि विशेष बनाइदिन्छ भन्ने प्रमाण स्वरूप यो ‘भिआइपी भिखारी’ अहिले भाइरल सूचीको शीर्ष स्थानमा छन् ।–इन्डिया टिभी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =