प्रधानमन्त्रीलाई सांसद साहको सुझावः चीन भ्रमणमा लिपुलेक, कालापानी र लिम्पियाधुराबारे स्पष्ट अडान राख्नुस्

काठमाडौं । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय सभाकी सांसद मदनकुमारी साह गरिमाले आसन्न चीन भ्रमणमा नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुराबारे स्पष्ट धारणा राख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएकी छन् ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि चीन, भारतलगायतका ठूला मुलुकले हडप्न नसक्नेगरी चीनसँग दृढतापूर्वक अडान लिन प्रधानमन्त्री ओलीलाई सुझाव दिइन् ।

सांसद साहले सो भ्रमणबारे राष्ट्रिय सहमतीका लागि सर्वदलीय बैठक राखेर प्रधानमन्त्री ओली चीन भ्रमणमा जान नचाहेको भन्दै असन्तुष्टि समेत व्यक्त गरिन् ।

राष्ट्रियता जोगाउने मामिलामा नेपालका राजनीतिक दलका नेताहरु एक ठाउँमा छन भन्ने सन्देश दिने गरी प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणका गएको भए उचित हुने उनको भनाई थियो ।

सांसद साहले प्रधानमन्त्री ओलीको चीन भ्रमणको सफलताको कामना समेत गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + twelve =