नेपाल प्रहरीको नयाँ प्रमुखमा चन्द्रकुवेर खापुङ नियुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) मा चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई आगामी भदौ १९ गतेदेखि लागू हुने गरी आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै एक मन्त्रीले खापुङको नियुक्ति पुष्टि गरेका छन् ।

हालका प्रहरी महानिरीक्षक दिपक थापा भदौ १८ गते राति १२ बजेदेखि अवकाश हुँदैछन् । थापाको अवकाशसँगै वरिष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा खापुङलाई नेतृत्व सुम्पन मन्त्रिपरिषद्ले निर्णय लिएको हो ।

खापुङ यसअघि प्रहरी संगठनभित्र विभिन्न जिम्मेवारी सम्हाल्दै आएका थिए । अब उनले संगठनको नेतृत्व गर्दै सुरक्षा व्यवस्थापन, संगठन सुधार र अपराध नियन्त्रण जस्ता विषयमा काम गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + three =