रञ्जिता श्रेष्ठले बोलाइन् नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले केन्द्रीय समितिको बैठक बोलाएकी छन् । भदौ १५ र १६ गते काठमाडौंको कान्तिपथस्थित होटल एल्लो प्यागोडामा बैठक बस्ने तय गरिएको छ ।

बैठकमा संस्थापक केन्द्रीय सदस्यहरू, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरू, साथै पालिकाका प्रमुख र उपप्रमुखहरूलाई समेत आमन्त्रण गरिएको छ ।

पार्टी स्रोतका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, पार्टीको विधान संशोधन, केन्द्रीय सदस्य मनोनयन, निर्वाचन आयोगमा अध्यावधिक प्रक्रिया तथा अन्य विविध विषयहरू एजेण्डाका रुपमा प्रस्तुत गरिनेछ ।

पछिल्लो समय पार्टीभित्र आन्तरिक संरचना सुदृढीकरण र संगठन विस्तारलाई लिएर विभिन्न बहसहरू चलिरहेका बेला बैठक महत्वपूर्ण मानिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 14 =