मौसमविद् भन्छन्- शनिबारबाट मनसुनी वर्षा कम हुन्छ

काठमाडौं । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले केही दिनयता देशभर परिरहेको मनसुनी वर्षा शनिबारबाट केही कम हुने सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन् । यद्यपि, आज शुक्रबार भने देशका अधिकांश स्थानमा मध्यम वर्षा हुने प्रक्षेपण गरिएको छ ।

वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार, आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। राति भने कोशी र सुदूरपश्चिममा मात्र भारी वर्षा हुने पूर्वानुमान छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानबाट उत्तरतर्फ (नेपालको भूभाग नजिक) र पूर्वमा सरदर स्थानमा (भारतमा) रहेको छ । बंगालको खाडीबाट जलवाष्पयुक्त हावा निरन्तर नेपालतर्फ आइरहेकाले हाल बादल लाग्ने र पानी पर्ने क्रम जारी रहेको छ ।

तर, शनिबारबाट भने यो मौसमी प्रणालीमा सुधार आउने अपेक्षा गरिएको छ । अर्का मौसमविद् गोविन्द झाका अनुसार, ‘शनिबार नेपालमा मनसुनको गतिविधि तुलनात्मक रुपमा अलिकति कमजोर रहने देखिन्छ  ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eight =