जडिबुटीमा मध्यरात स्कुटर दुर्घटना हुँदा दुई युवकको मृत्यु

काठमाडौं । काठमाडौंमा गएराति भएको सवारी दुर्घटनामा दुई युवाले ज्यान गुमाएका छन् । काठमाडौं महानगरपालिका-३१, जडिबुटीस्थित आकासे पुल नजिकै भएको उक्त दुर्घटनामा परी स्कुटरमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका अनुसार, मृत्यु हुनेमा नवलपरासी सुनौल-१ स्थायी घर भई हाल भक्तपुर लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल (स्कुटर चालक) र काभ्रेपलाञ्चोक पाँचखाल-२ घर भएका २३ वर्षीय नितेश नेपाल रहेका छन् । गम्भीर घाइते भएका उनीहरूलाई तत्काल ट्रमा सेन्टर पुर्‍याइए पनि उपचारका क्रममा दुवैको निधन भएको प्रहरीले पुष्टि गरेको छ ।

प्रहरीका अनुसार, गएराति करिब २:५० बजे कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर सडक छेउमा रोकिराखेको बा प्र ०१-००६ ख ४२४३ नम्बरको अरनिको यातायातको बसमा ठोक्किएर दुर्घटना भएको थियो। तीव्र गतिका कारण स्कुटर अनियन्त्रित भई बसमा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनास्थलमा प्रहरी टोली पुगी आवश्यक अनुसन्धान गरिरहेको छ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + twelve =