राष्ट्रिय अनुसन्धान विभागमा ९० पदका लागि दरखास्त आह्वान
२०८२ भदौ १३ गते

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागले ठूलो संख्यामा नयाँ जनशक्तिका लागि दरखास्त आह्वान गरेको छ । देशको सुरक्षा र सूचना संकलनमा महत्त्वपूर्ण भूमिका खेल्ने यस विभागले शुक्रबार एक सूचना जारी गर्दै नेपाल विशेष सेवाअन्तर्गत अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदमा कुल ९० जना कर्मचारी माग गरेको हो ।
विभागले सार्वजनिक गरेको सूचनाअनुसार, अनुसन्धान अधिकृत पदका लागि ४० जना र अनुसन्धान सहायक पदका लागि ५० जना कर्मचारीको आवश्यकता रहेको छ । यी पदहरूका लागि तोकिएको शैक्षिक योग्यता र अन्य मापदण्ड पुगेका इच्छुक उम्मेदवारहरूले आवेदन दिन सक्नेछन् ।
विस्तृत सूचना :-

२०८२ भदौ १३ गते
प्रतिक्रिया
सम्बन्धित








