सुदूरपश्चिममा लगानी सम्मेलनबारे सरोकारवालासँग उद्योग मन्त्रालयमा अन्तरक्रिया

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी, उत्पादन र उत्पादकत्वमा आत्मनिर्भर बन्न नेपालकै बजार पर्याप्त रहेको बताएका छन् ।

आगामी मङ्सिरमा आयोजना हुन लागेका सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनका सन्दर्भमा आयोजित अन्तरक्रियामा उनले करिब तीन करोड जनसङ्ख्या भएको नेपाललाई लक्षित गरेर छिमेकी मुलुकहरूले उद्योग स्थापना गरिरहेको उल्लेख गर्दै नेपाली उद्योगीले पनि घरेलु माग पूरा गर्ने वस्तु उत्पादन बढाउनुपर्नेमा जोड दिए ।

मन्त्री भण्डारीले भने “हाम्रो पहिलो बजार आन्तरिक खपत हो, आवश्यक सबै सामग्री हामी आफैँ उत्पादन गर्नुपर्छ । नेपाली बजार सुरक्षित गर्नसके देशको अर्थतन्त्रमा ठूलो योगदान पुग्छ, त्यसका लागि सबैभन्दा पहिले आयात प्रतिस्थापनका लागि योजनाबद्ध रुपमा काम गर्नुपर्छ ।”

साथै, अन्य देशबाट नेपाल भित्रिने सामानमा नेपाल गुणस्तर अनिवार्य गर्ने र नेपालमै अन्तरराष्ट्रियस्तरको गुणस्तर प्रयोगशाला स्थापना गरिने पनि उनले बताए ।

अन्तरक्रियामा निजी क्षेत्रका प्रतिनिधिहरूले सुदूरपश्चिममा लगानी आकर्षित गर्न सडक पूर्वाधार विकास, कानुनी तथा संस्थागत सुधार, छुट–सुविधा र सहुलियत व्यवस्था आवश्यक रहेकोमा जोड दिउका थिए । उनिहरुले कतिपय कानुन केन्द्रीय सरकारले बनाए पनि प्रदेशस्तरमा अधुरै रहेका कारण कार्यान्वयनमा कठिनाइ भइरहेको भएका छन् । लगानीकर्ताका लागि उपयुक्त प्रस्तावना र विस्तृत परियोजना प्रतिवेदन उपलब्ध गराउनुपर्ने उनको माग छ ।

मुख्यमन्त्री शाहले विगतको तुलनामा सुदूरपश्चिम प्रदेशमा भौतिक विकास भएको उल्लेख गर्दै प्रदेश भारत निर्यातको प्रमुख गन्तव्य बन्नसक्ने बताए । भारतको उत्तराखण्ड र दिल्ली नजिक भएकाले सुदूरपश्चिमबाट निर्यात सहज हुने बताउँदै उनले लगानीकर्तालाई मङ्सिर १ र २ गते हुने सम्मेलनमा सहभागी हुन आग्रह गरे ।

सरोकारवालाहरूले सुदूरपश्चिममा रहेका जडीबुटी, हर्बल, रेसाजन्य कच्चापदार्थको प्रशोधन, खानीजन्य सम्पदाको उपयोग तथा धार्मिक पर्यटनको विकासमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिनेमा जोडदिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 11 =