स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएर काम गरिरहेको छ : मुख्यमन्त्री बानियाँ

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएर काम गरिरहेको बताएका छन् ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौँडा अस्पतालको अवलोकन तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुँदै मुख्यमन्त्री बानियाँले राजनीतिक विचारभन्दा माथि उठेर काम गरिरहेको बताए ।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा राजनीतिक विचारभन्दा माथि उठेर सरकार र प्रतिपक्ष एकमत भएर अघि बढ्नुपर्ने बताए । प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको प्रतिष्ठानलाई बजेट र जनशक्ति अभाव हुन नदिने उनले प्रतिबद्धता जनाए ।

प्रतिष्ठानको विकासमा कुनै राजनीतिक बाधा अवरोध आउन नदिने उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले प्रदेश सरकारको स्वास्थ्यसम्बन्धी गौरवको आयोजना भएकाले यसलाई द्रुत गतिमा अघि बढाइने बताए ।

प्रतिष्ठानका छरिएर रहेका शैक्षिक कार्यक्रमलाई एकै ठाउँमा सञ्चालन गर्न आगामी १० महिनाभित्र एकीकृत पूर्वाधार निर्माण गरिने र निर्माणाधीन हेटौँडा अस्पताल भवन निर्माण तत्काल अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशकै गौरवका आयोजनाको रुपमा रहेको प्रतिष्ठानलाई सबैले राजनीतिक विचार र आस्थाभन्दा माथि उठेर सहयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − three =