खोलामा डुबेर चार किशोरको मृत्यु

सुदूरपश्चिम । कैलालीको गोदावरी नगरपालिकाको हाटखोलीस्थित खुटिया खोलामा डुबेर चार किशोरको मृत्यु भएको छ ।

नुहाउने क्रममा खोलामा डुबेर धनगढी उपमहानगरपालिका–४ रात पुलका १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय जेब भण्डारी, वडा नं–५ तरानगरका १५ वर्षीय सक्षम जोशी र १७ वर्षीय प्रतीक चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले जानकारी दिनुभयो । चारै जना पौडी खेल्ने क्रममा डुबेका थिए ।

डुबेको खबर पाउनासाथ मालाखेती र स्याउलेबाट खटिएको प्रहरी टोलीले उनीहरूको खोजी गर्न थालेको थियो ।

घटनास्थल नजिकै खोलामै चारै जनाको शव फेला परेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए । उनीहरूसँगै नुहाउन गएका अन्य तीन किशोर भने सकुसल घर फर्किएका छन् ।

धनगढीदेखि करिब १८ किलोमिटर उत्तरतर्फ चुरे पहाडको फेदमा रहेको खुटिया खोलामा किशोरहरुको समूह नुहाउनका लागि गएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 12 =