आईएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई ग्राण्डि हस्पिटलमा १० प्रतिशत छुट

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्राण्डि हस्पिटलबीच विशेष सहकार्यको सम्झौता भएको छ ।

सम्झौतासँगै अब कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले ग्राण्डि हस्पिटलमा उपचार सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन् ।

सम्झौता बमोजिम वेलनेस प्याकेजमा पनि विशेष सहुलियत दिइने कम्पनीले जनाएको छ । बीमितहरूले छुट सुविधा लिन कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाउनुपर्नेछ भने, अभिकर्ता तथा कर्मचारीहरूले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गर्नुपर्नेछ ।

सम्झौता कार्यान्वयनसँग सम्बन्धित थप विवरण तथा सम्पर्क व्यक्ति बारेको जानकारी कम्पनीको आधिकारिक वेबसाइट https://imelifeinsurance.com/press-release/ मा उल्लेख गरिएको छ।

आईएमई लाइफले आफ्ना बीमित तथा प्रतिनिधिहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता सहकार्यलाई अझ विस्तार गर्दै लैजाने जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 6 =