किसानलाई सरकारले करदाता र मतदाता मात्रै ठान्यो : हृदयेश त्रिपाठी

काठमाडौं । जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले सरकारले किसानलाई करदाता र मतदाता मात्रै ठानेको बताएका छन् ।

बिहीवार उखु किसानको आन्दोलनमा ऐक्यवद्धता जनाउन माईतीघर पुगेका अध्यक्ष त्रिपाठीले यस्तो बताएका हुन् । उनले अहिलेसम्म किसान सरकारको प्राथमिकतामै नपरेको बताए ।

सबैले किसानलाई मत दिने र कर तिर्नेका रुपमा मात्रै बुझेको उनको दाबी छ । उनले किसान विभाजित भएका कारण पनि मारमा पर्ने गरेको बताए । आफ्नो हक अधिकारका लागी एकजुट हुन पनि उहाँले किसानलाई आग्रह गरे ।

उनले भने– ‘राज्यले किसानलाई अहिलेसम्म प्राथमिकतामा राखेन । किसानलाई के ठान्यो भने करदाता र मतदाता । यिनी कर दिन्छन् र मत दिन्छन् । यो भ्रमले किसानलाई अहिलेसम्म सबैले बुझे । अर्को एउटा किसानको समस्या के छ भने किसान हरेक आलीबाट नै विभाजित हुन्छन् । एकताको अभाव छ । जब हामी मार खान्छौ अनि एक हुन्छौँ । हामी एक भयौँ भने मार नै खाँदैनौँ । कुरो त्यहाँनिर छ । त्यसकारण यो विषयमा तपाईहरु अलिकति चिन्तन गर्नुहोला ।’

उनले उखु किसानको माग पूरा गर्न सरकारले आलटाल गरिरहेको बताए । विशेष गरेर अर्थ मन्त्रालयबाट समस्या उत्पन्न भएको उनको भनाई छ ।

उखु किसानले सरकारले तोकेको प्रतिक्वीन्टल ७० रुपैयाँका दरले अनुदान उपलब्ध नगराएको भन्दै माईतीघरमा आन्दोलन गरिरहेका छन् । सरकारले उखु किसानलाई दिने अनुदानमा आधा कटौती गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + two =