उखु किसान सबैभन्दा बढी अपहेलित भएका छन् : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले उखु किसान सबैभन्दा बढी अपहेलित भएको बताएका छन् ।

बिहीवार उखु किसानको आन्दोलनमा ऐक्यबेवद्धता जनाउन माईतीघर पुगेका अध्यक्ष यादवले यस्तो बताएका हुन् । उनले सरकारले उखु किसानलाई दिनुपर्ने अनुदान तत्काल दिनुपर्ने बताए ।

अन्नदाता किसानलाई नेपालमा राज्यले सबैभन्दा बढी उपेक्षा गरेको उनले आरोप लगाए । किसानमा पनि उखु किसान अझ बढी पेलानमा परेका उनको भनाई छ । उनले किसानले उत्पादन गरेको उखु किनेर मिल सञ्चालक धनी हुने तर किसानले समयमा मूल्य नपाउने अवस्था रहेको बताए ।

सरकारले उखु किसानलाई तत्काल रकम भुक्तानी गर्नुपर्नेमा उनले जोड दिए । उनले मिलमा पु¥याएको एक महिनाभित्र उखु किसानलाई मिलवालाले रकम भुक्तानी गर्ने व्यवस्था गर्न पनि सरकारसँग माग गरे ।

उनले आवश्यक ऐन कानून बनाएर भएपनि किसानको माग पूरा गर्नुपर्नेमा जोड दिए । वर्तमान नीतिले किसान समस्यामा परेको, गरिबी, बेरोजगार बढेको उनको भनाई छ ।

उखु किसानले सरकारले तोकेको प्रतिक्वीन्टल ७० रुपैयाँका दरले अनुदान उपलब्ध नगराएको भन्दै माईतीघरमा आन्दोलन गरिरहेका छन् । सरकारले उखु किसानलाई दिने अनुदानमा आधा कटौती गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =