रास्वपा नेता अरनिको पाँडेलाई ४ दिन थुनामा राख्न अनुमति
२०८२ भदौ १२ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता अरनिको पाँडेलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत रहेका पाँडेलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बुधबार पक्राउ गरेको थियो ।
बिहीबार अदालतमा उपस्थित गराएपछि अनुसन्धानका लागि ४ दिनको म्याद थप गर्ने आदेश दिएको ब्यूरोका प्रवक्ता दिपराज अवस्थीले जानकारी दिए ।
साइबर अपराधसम्बन्धी कसुरमा मुछिएका पाँडे २०७९ साल भदौमा रवि लामिछाने नेतृत्वको रास्वपामा प्रवेश गरेका थिए । साथै, रास्वपा सरकारमा सहभागी भएको बेला २०८० सालमा उनी राष्ट्रिय योजना आयोगका सदस्यसमेत बनेका थिए ।
२०८२ भदौ १२ गते
प्रतिक्रिया
सम्बन्धित








