दक्षिण अष्ट्रेलियासँगको दोस्रो खेलमा पनि नेपाल पराजित
२०८२ भदौ १२ गते

काठमाडौं । दक्षिण अष्ट्रेलियासँगको दोस्रो अभ्यास खेलमा पनि नेपाल पराजित भएको छ ।
बिहीबार सम्पन्न दोस्रो खेलमा नेपाल ३ रनले पराजित भएको हो ।
दक्षिण अष्ट्रेलियाले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा सबै विकेट गुमाउँदै १ सय ५७ रन मात्रै जोड्न सक्यो ।
यसअघि आजै बिहान भएको पहिलो खेलमा पनि नेपाल पराजित भएको थियो ।
नेपालले दिएको १४७ रनको लक्ष्य दक्षिण अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो ।
२०८२ भदौ १२ गते
प्रतिक्रिया
सम्बन्धित








