माछा मार्न गएका राईको लडेर मृत्यु

किमाथाङ्का । स्थानीय कासुवाखोलामा माछा मार्न गएका मकालु –३ उलिङका ४५ वर्षीय जापान राईको लडेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार ढुङ्गामा चिप्लिएर उनको मृत्यु भएको हो ।

बुधबार अपराह्न भएको यो दुर्घटनाको खबर प्राप्त हुनासाथ हेदाङ्नागढीस्थित इलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको जानकारी दिँदै उनले शव परीक्षणका निम्ति आज जिल्ला अस्पताल पुर्याइने बताए ।

उनिसँगै माछा मार्न गएका भानसिंह राईसँग प्रहरीले सोधपुछ एवं अनुसन्धान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =