रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ, यस्तो छ कारण
२०८२ भदौ ११ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा. अरनिको पाँडे पक्राउ परेका छन् ।
सामाजिक सञ्जालमार्फत एक महिलालाई गालीगलौज गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
साइबर ब्यूरोका एसपी दिपकराज अवस्थीका अनुसार पीडित महिलाले दिएको उजुरीका आधारमा पाँडे पक्राउ परेका हुन् । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि आज साँझ उनलाई नियन्त्रणमा लिइएको र भोलि म्याद थपका लागि अदालतमा पेश गरिने अवस्थीले बताए ।
पर्यावरणविद् समेत रहेका पाँडे २०७९ साल भदौमा रवि लामिछाने नेतृत्वको रास्वपामा प्रवेश गरेका थिए । साथै, रास्वपा सरकारमा सहभागी भएको बेला २०८० सालमा उनी राष्ट्रिय योजना आयोगका सदस्यसमेत बनेका थिए ।
२०८२ भदौ ११ गते
प्रतिक्रिया
सम्बन्धित








