‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ शीर्षकमा कविता प्रतियोगिता आयोजना हुँदै

काठमाडौं । निजामती सेवा दिवस २०८२ का अवसरमा राष्ट्रसेवक निजामती कर्मचारीहरूका बीचमा खुला कविता प्रतियोगिता हुने भएको छ ।

यस वर्षको निजामती सेवा दिवसका नारा ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने रहेको छ । सोही नारासँग सम्बन्धित रही कविता रचना गर्नुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

निजामती सेवा दिवस, अतिरिक्त क्रियाकलाप उपसमितिद्वारा आज जारी सूचनाका अनुसार प्रतियोगितामा भाग लिन चाहनेले यही भदौ १३ गतेभित्र कविता पठाउन भनिएको छ ।

उत्कृष्ट तीन र सान्त्वना दुई कवितालाई पुरस्कार र प्रमाणपत्र गरिने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =